प्रदेश

प्रदेश २ को नामाकरणकालागि फेरी पनि २ तिहाई नपुग्ने निश्चित ,के हुन्छ अब ?




धनुषा ९ पुस । प्रदेश २ को नामकरणको विषयमा सत्ता गठबन्धन दलहरुबीच नै फरकफरक प्रस्ताव प्रस्तुत भएका छन् । बिहीबार प्रदेश सभाको बैठकमा सत्तारुढ दलहरु जसपा र माओवादी केन्द्र एक ठाउँमा उभिएका छन् भने कांग्रेस र नेकपा एसले फरक फरक नाम प्रस्तुत गरेका छन् ।कूल १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना सांसद छन् । जसमा जनता समाजवादी(जसपा) ३९ सिटसहित ठूलो दलको रुपमा कायम छ । प्रदेश सभामा नेपाली कांग्रेसका १९, लोसपाका १६, नेकपा (एस) का १३, एमालेका ८, माओवादीका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् ।

नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुने उल्लेख छ ।१०७ सदस्सीय प्रदेश सभामा दुई तिहाइ संख्या पुर्‍याउनका लागि ७२ जना सांसद आवश्यक देखिन्छ । हाल सत्तारुढ गठबन्धनभित्रै फरक(फरक प्रस्ताव आएकाले कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ पुर्‍याउनका लागि कठिनाइ देखिएको छ ।हाल मधेस प्रदेशको पक्षमा उभिएका जसपा,लोसपा र माओवादी केन्द्रको कूल सांसद संख्या ६३ छ । बहुमत जुटाउनका लागि यी दलहरुलाई थप ९ सांसदको समर्थन चाहिन्छ । यसका लागि सत्ता गठबन्धनमा भएको कांग्रेस वा नेकपा९एस० दुईमध्ये एकले समर्थन गर्नुपर्ने देखिन्छ । तर, यी दुवै दलले आफ्ना छुट्टै प्रस्ताव पेस गरेका छन् ।

यदि कांग्रेस र नेकपा९एस०ले आफ्नो प्रस्तावको पक्षमा समर्थन जुटाउनका लागि जसपा,लोसपा,माओवादी केन्द्र वा एमालेको समर्थन जुटाउनुपर्ने हुन्छ । तर, यी दुवै दललाई ठूलो संख्या आवश्यक पर्ने भएकाले सहमति जुटाउन कठिनाई हुने देखिन्छ ।नामकरणका लागि पेस भएका प्रस्तावहरूमध्ये कुनै एकको पक्षमा दुई तिहाइ पुर्‍याउनुपर्दा चारवटा दलहरु मिल्नुपर्ने देखिन्छ । तर, जसपा आफ्नै अडानमा कायम रहे प्रदेशका अरु सबै दल मिले पनि दुई तिहाइ पुग्‍ने देखिन्न ।यसअघि करिब डेढ वर्षअघि पनि प्रदेश सभाको नामकरणका लागि भएको मतदानमा दुई तिहाइ बहमुत नपुगेपछि प्रस्तावहरु फेल भएका थिए । बिहीबार प्रस्ताव गरिएका नामहरुमा पनि दलहरुबीच सहमति नहुँदा सबै प्रस्तावहरू अस्वीकृत हुने खालको अवस्था देखा परेको छ ।

प्रकाशित : ९ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६