प्रदेश

कपिलधाममा माघ २, ३ र ४ गते चौथों बाणगंगा नगर स्तरिय माघी महोत्सव हुने ।




कमल चौधरी ४ पुष, कपिलवस्तु । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगर स्तरीय माघी महोत्सव हुने भएको छ । विशेषगरी पछिल्लो समय नेपाली समाजमा छुट्टै पहिचान बनाउँन सफल यस थारु समुदायको महान पर्व माघी लाई निरन्तरता दिदै यस बर्ष बाणगंगा ९ कपिलधाममा माघी महोत्सव हुने थारु कल्याणकारी सभा कपिलवस्तुका सभापति उमाशंकर थारुले बताए । उनले थारु समुदायको नव पर्व माघीलाई निरन्तरता दिदै माघ २, ३ र ४ गते चौथों बाणगंगा नगर स्तरीय माघी महोत्सव यस बर्ष कपिलधाममा मनाउन लागेको जनकारी समेत दिए ।
त्यस्तै नगरस्तरीय माघी महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । शनिबार थारु अगुवा, समाजसेवी, बुद्धिजिवी, पत्रकार, कलकार लगायतको बृहत भेलाले थारु कल्यणकारी बाणगंगा नगर अध्यक्ष भग्गुप्रसाद थारुको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । भने १३ वटा विभिन्न उपसमिति समेत गठन गरिएको छ । जसको आर्थिक र सचिवालय व्यवस्थापन समितिको संयोजकमा भग्गुप्रसाद थारु रहनु भएको छ । भने माघी संस्कृति व्यवस्थापन समितिका संयोजकमा ऋषिराम थारु, मंञ्ज र भान्सा व्यवस्थापन समितिको संयोजकमा नुमलाल थारु, झाँकी तथा अथिति व्यवस्थापन समितिको संयोजकमा गोविन्दी थारु, स्वंयसेवक तथा सुरक्षा व्यवस्थापन समितिको संयोजकमा नाथु थारु (मोर्मी), प्रचार–प्रसार व्यवस्थापन समितिको संयोजकमा तुल्सीराम थारु, संचार तथा मिडिया व्यवस्थापन समितिको संयोजकमा कमल चौधरी, पार्किङ्ग व्यवस्थापन समितिमा सन्तोष थारु, रक्तदान कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा नाथुराम थारु (चप्परगाउँ), जेष्ठ नागरिक सम्मान व्यवस्थापन समितिको संयोजकमा श्रीराम थारु लगायत समितिमा रहनु भएको छ ।
त्यस्तै महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार कक्षा रहनेछन् । महोत्सवमा थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिनेछ । साथै महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने छन् भने महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहने संस्कृतिक समितिका संयोजक ऋषिराम थारुले बताए । त्यस्तै माघी पर्वको पूर्वसन्ध्यमा माघ २ गते बृहत रक्तदान कार्यक्रमको अयोेजना समेत गरिने भएको छ । भने माघी महोत्सवमा यस बर्ष बयोबृद्धहरुलाई सम्मान कार्यक्रमको अयोजना गरिने अध्यक्ष भग्गु प्रसाद थारुले जनकारी दिनुभयो ।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६