अर्थ-वाणिज्य

नेपाली कांग्रेसको २६ जिल्लामा अधिवेशन सम्पन्न



काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा धमाधम अधिवेशनहरु भइरहेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र भएका हिमाली र पहाडी जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन भइरहेको छ भने दुई वटा भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन हुने महाधिवेशन कार्यतालिकामा उल्लेख छ ।

आज (बुधबार) सम्म कांग्रेसको २६ जिल्लामा अधिवेशन भइसकेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार १३ जिल्लामा दशैंअघि नै अधिवेशन भएका थिए । अरु जिल्लामा भने मंसिर ६ गतेदेखि जिल्ला अधिवेशन शुरु भएको हो ।अहिलेसम्म सार्वजनिक भएको जिल्ला अधिवेशनको परिणाम अनुसार सभापतिमा संस्थापन समूह र इतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ । २६ जिल्लामध्ये संस्थापन समूहले १४ जिल्लामा नेतृत्व हात पारेको छ भने १२ जिल्लामा संस्थापन इतर समूह विजयी भएको छ ।

संस्थापन समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति चुनिएका छन् ।

त्यस्तै सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादु शाही, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु र लमजुङमा डा. टकबहादुर गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । जाजरकोटका सिंह र मनाङबाट गुरुङ सर्वसम्मत सभापति चयन भएका हुन् ।

त्यस्तै संस्थापनइतर समूहबाट संखुवासभाको जिल्ला सभापतिमा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल चुनिएका छन् । अर्घाखाचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी, बैतडी चतुरबहादुर चन्द, भोजपुर विनोद बान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६