अर्थ-वाणिज्य

पाल्पाका चार प्रदेश सभापतिमध्ये चारै स्थानमा पौडल समूह विजयी



बुटवल ५  मंसिर  । नेपाली कांग्रेसको पाल्पा र नवलपरासीमा सम्पन्न प्रदेशसभा स्तरीय निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह हाबी देखिएको छ। पाल्पाका चार प्रदेश सभापतिमध्ये चारै स्थानमा पौडल समूह विजयी भएको छ भने नवलपरासीका चारमध्ये तीन स्थानमा उक्त समूहले बाजी मारेको छ ।

दुवै जिल्लामा प्यानल बनाएरै देउवा र पौडेल समूह निर्वाचनमा उत्रिएका थिए।

पाल्पामा निर्वाचन प्रक्रियाबाट तीन सभापतिको टुंगो लागेको हो भने एक निर्विरोध भएका हुन्। पाल्पा क्षेत्र नं. १ प्रदेशसभा (क) को सभापतिमा रामबहादुर राना, क्षेत्र नम्बर १ ९ख० मा युवराज पौडेल, क्षेत्र नम्बर २ (क) मा लक्ष्मी अधिकारी र क्षेत्र नम्बर २ (ख) मा रुक्मांगत भट्टराई निर्वाचित भए ।

नवलपरासी क्षेत्र नं. १ प्रदेशसभा (क) मा वेदप्रसाद शर्मा, क्षेत्र नं. १ प्रदेशसभा ९ख० मा अनुरेश कलवार, क्षेत्र नं. २ (क) मा यामप्रसाद भुसाल, क्षेत्र नं. २ (ख) मा रामचन्द्र केवट (चन्दु) सभापतिमा विजयी बने। उनले पौडेल समूहका विनोद पाण्डेलाई १ सय ४३ मतान्तरले पराजित गरेका हुन्।

प्रकाशित : ६ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६