अर्थ-वाणिज्य

शेरबहादुर देउवाको महाधिवेशनमा सहमतिबाट नेतृत्व छान्न आग्रह



सुनसरी ५ मंसिर  । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई पार्टीको महाधिवेशनमा सहमतिबाट नेतृत्व छान्न आग्रह गरेका छन् । आज सुनसरीको देवानगन्ज गाउँपालिको नवनिर्मित भवनको उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले पार्टीको आन्तरिक चुनावमा लडेर नेतृत्व छान्नुभन्दा सहमतिबाटै निकास निकाल्नु पर्नेमा जोड दिए । 

उनले सकेसम्म सहमति गर्न आग्रह गर्दै चुनाव गर्नै परे हार जितलाई सामान्य रूपमा लिन पनि आम कार्यकर्तालाई आग्रह गरे । उनले भने ‘पालिका, जिल्ला प्रदेश, केन्द्रमा तपाईंहरू नेतृत्वमा आउँदा सहमतिमा आउनुस् । पार्टीलाई जोगाउनु छ, बलियो बनाउनु छ । त्यसैले एक अर्कामा द्वन्द्व सिर्जना नगर्नुस् । मिलेर आउनुस् ।’

प्रधानमन्त्री देउवाले सुनसरी खोलाका कारण बर्षौदेखि डुबानमा पर्दै आएका जनतालाई जोगाउन आगामी वर्षको बजेटमा समेट्ने आश्वासन दिए । देवानगञ्ज गाउँपालिका छिमेकी देश भारतसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताउँदै उनले खुल्ला सीमाना भएकै कारण नेपालको धेरै राजश्व गुमेको बताए । त्यस नाकालाई व्यवस्थित गर्न आगामी दिनमा राज्यले थप पहल गर्नेसमेत बचन दिए ।

प्रकाशित : ६ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६