सुदूरपश्चिम

भारतबाट फर्किएकामा गरिएको परीक्षणमा झण्डै १० प्रतिशतलाई कोरोना पुष्टि



कञ्चनपुर २९ चैत्र । सुदूरपश्चिममा भारतबाट फर्किएर परीक्षण गरिएकामध्ये झण्डै १० प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा कञ्चनपुरको गौरीफन्टा नाकाबाट घर फर्किएकाहरूमध्ये तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो कुल परीक्षणको झण्डै १० प्रतिशत रहेको पुर्नवास स्वास्थ्य एकाइका अहेब गणेश साउदले जानकारी दिनुभयो ।जनशक्ति र अरू व्यवस्थापकीय अभावका कारण सबैको परीक्षण सम्भव नभएको पनि उहाँले बताउनुभयो । दैनिक पाँच सयभन्दा धेरै मानिस फर्कने गरेकोले उनीहरू सबैको परीक्षण सम्भव नहुने र परीक्षण गराएकामध्ये १० प्रतिशतमा सङ्क्रमण देखिने गरेको साउदले बताउनुभयो ।

उहाँले भारतबाट आउनेहरू सीमामा लुकिछिपी आउनुका साथै कोरोना परीक्षण विनै गाउँ पसिरहेकाले आम नागरिकले सर्तकता अपनाउनुपर्ने अवस्था फेरि आएको बताउनुभयो । अहिले भारतमा सङ्क्रमण दर बढी देखिएको ठाउँबाट घर फर्किरहेका र कोरोनाको लक्षण देखिएका नागरिकको सीमामा कोरोना परीक्षणमा ध्यान दिइएको छ ।भारतको विभिन्न क्षेत्रमा मजदुरीका लागि गएका सुदूरपश्चिमका बासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लामा मौलिक तरिकाले विशु पर्व मनाउने गरिन्छ ।  सुदूरपश्चिमसँगै देशका अरू नाकाबाट फर्कनेहरूमा पनि कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढेको छ । शनिवार ९हिजो० देशभरिकै कुल परीक्षणमा पनि झण्डै १० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल परीक्षणको पाँच प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएमा महामारी जटिल अवस्थामा पुगेको मानिन्छ ।  

प्रकाशित : २९ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६