जीवनशैली

एमालेका मन्त्रीले राजीनामा दिने भएपछि मुख्यमन्त्री शाहीको कार्यकाल समाप्त



सुर्खेत २३ चैत । कर्णाली प्रदेशसभामा सबैभन्दा ठुलो दलका रुपमा रहेका नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गरेको छ ।आइतबार बसेको एमाले संसदीय दलको बैठकले पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पनि तत्काल फिर्ता बोलाएको छ ।माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेबाट प्रकाश ज्वाला, नन्दसिंह बुढा र दल रावल सामेल छन् ।

एमालेभित्र विवाद बढेसँगै ओली पक्षले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो भने खनाल–माधव पक्षले प्रदेश सरकारप्रतिको समर्थन कायम राख्ने निर्णय गरेको थियो ।तर, पछिल्लो समय एमालेको खनाल–नेपाल पक्षले समेत पार्टीकै लाइनअनुसार चल्ने निर्णय गरेपछि प्रदेश सरकार संकटमा परेको हो ।एमालेले समर्थन फिर्ता लिएसँगै सो प्रदेशमा शाही नेतृत्वको सरकार स्वतः अल्पमतमा पर्दछ । एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएको छ ।

बैठकले गुलाबजङ्ग शाहको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । सो समितिले चैत २४ गते बस्ने संसदीय दलको बैठकमा मस्यौदा पेश गर्नेछ ।बैठकले पार्टीभित्र देखिएको असमान्जस्यतालाई अन्त्य गर्दै पार्टी एकताका लागि पहल गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित : २३ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६