अन्तर्वार्ता

छ महिना पछि सून्य मृत्यूदर दर :कोरोना मुक्त बन्दै छ त नेपाल ?



बुटवल १६ माघ ।  छ महिना पछि कोरोनावाट सून्य मृत्यूदर दर देखा परेकोछ । जसका कारण कोरोना मुक्त बन्दै छ त नेपाल ? भन्ने संकेत मिलेको छ ।  नेपालमा बीहिवर  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।गएको ६ महिनामा पहिलोपटक कोरोनाका कारण नेपालमा कसैले पनि ज्यान नगुमाएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालय अनुसार गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाएनन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु भएको छैन।  बुधबार भने ३ जनाको मृत्यु भएको थियो। 

     नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ। यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । जसमध्ये २ लाख ६५ हजार ३६५ जनाले कोरोना जितेका छन् । बिहीबार थप २९६ जना संक्रमणमुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । ८८ महिला र १२५ पुरुषमा संक्रमण देखिएको हो। काठमाडौं उपत्यकाका १४५ सहित २ सय १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    ३ हजार ७९१ जनाको स्वाब परीक्षण गर्दा २ सय १३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  अहिले सक्रिय संक्रमितको संख्या भने ३ हजार २०३ छ । यस्तै ११३ जना क्वारेन्टिनमा छन् भने ३ हजार २०३ जना आइसोलेसनमा छन्। मन्त्रालयका अनुसार कोरोनाका गम्भीर बिरामी १३९जनाको भेन्टिलेटरमा र २३ जनाको आइसीयूमा उपचार भइरहेको छ। बुधबारबाट देशभर कोरोना खोप अभियान सुरु गरिएको छ। भारत सरकारको सहयोगमा नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध भएपछि खोप अभियान सुरु गरिएको हो। खोपबाट नेपालमा कोरोना संक्रमण दर रोक्ने अपेक्षा लिएको छ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६