खेलकुद

राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई वटा खेल हुँदै



दाङ १३ पुष । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।समूह ए को समूहचरणको अन्तिम खेल हुन लागेको हो । दाङको देउखुरी क्रिकेट रंगशालामा साढे नौ बजेबाट सुरु हुने पहिलो खेलमा प्रतियोगिताबाट बाहिरिसकेका कर्णाली र प्रदेश २ का बीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा दिउँसो सेमिफाइनल पुगिसकेका एपीएफ र लुम्बिनी समूह प्रतिस्पर्धा गर्नेछन् ।दुवै टिम सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् । आजको खेलको नतिजाबाट समूह ए को विजेता र उप-विजेताको टुंगो लाग्ने छ । समूह बीमा सुदूरपश्चिम प्रदेश, प्रदेश १, गण्डकी र वाग्मती प्रदेश रहेका छन् ।समूह बीको खेल भोलिदेखि सुरु हुने छ । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ भने फाइनल खेल १९ गते हुनेछ । 

प्रकाशित : १३ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६