सुर्खेत १८ जेठ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मोहनबहादुर केसीलाई माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले सम्मान गरेको छ । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादीबाट विजयी भएका अन्य पदाधिकारीसँगै सम्मान गरेको हो । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र अध्यक्ष विमला केसीले अध्यक्ष केसीलाई सम्मान गरेको माओवादी केन्द्र कालिकोटका…