खोज–अनुसन्धान

५ बर्षमा ५ प्रतिशत काम :बुटवलमा भएको सडक विस्तार विरुद्ध स्थानीय आन्दोलित




रुपन्देही २२ मंसिर । विस्तार थालिएको बुटवलको राजमार्ग क्षेत्र छिटो सक्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । पूर्वपश्चिम र उत्तरदक्षिण राजमार्गमा पर्ने चौराहादेखि गोलपार्कसम्मको सडक समयमा नसकिँदा धुलोले बसिनसक्नु भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा संगठित पीडितले विस्तार थालिएको सडक भताभुंग छोड्दा दुर्घटना बढेको बताए ।
धुलोले घरमा बसीनसक्नु भएको सडकमा सवारीका साधन हुत्तिने, उछिट्टने र गुल्टिने भइरहेकाले बाध्य भएर आन्दोलनमा उत्रिएको अध्यक्ष कमल गौतमले बताए । विस्तार थालिएको बुटवलको मुख्य सडक चौराहदेखि चिडियाखोलासम्मको सडकको दुरी करिब साढे ३ किलोमिटर छ । चार लेनको सडकलाई ६ लेनको बनाउन भन्दै ०७३ देखि निर्माण प्रक्रियामा लगिएको थियो ।
बेलहिया बुटवल व्यापारिक मार्ग आयोजनाले ०७३ चैतमा कंचनजंगा बिरुवा जेभीलाई ३० महिनामा सक्नेगरी ठेक्का दिएको थियो । अहिलेसम्म विस्तारको काम जम्मा ५ प्रतिशत सकिएको छ । ५ वर्षअघि विस्तार सुरु भएको सडकको बाँकी काम कहिले सकिने टुंगो छैन ।त्यसैले उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६