प्रदेश

राष्ट्रिय निर्माण दिवसमा बालगृहका बालबालिका तथा अस्पतालका बिरामीलाई हरलिक्स ।




कपिलवस्तु, २२ मंसिर । राष्ट्रिय निर्माण दिवसका अवसरमा कपिलवस्तुको तौलिहवामा बालगृहका बालबालिका तथा कपिलवस्तु अस्पतालमा रहेका बिरामीहरुलाई हरलिक्स बितरण गरिएको छ ।

२४ औं राष्ट्रिय निर्माण ब्यवसायी संघ कपिलवस्तुले बालगृहका २६ बालबालिका र कपिलवस्तु अस्पतालमा भर्ना भएका २९ बिरामी गरी ५५ जनालाई हरलिक्स बाडेको हो । संघका जिल्ला अध्यक्ष गुन्जन कुमार गुप्ता, निबर्तमान अध्यक्षहरु चन्द्र शेखर श्रेष्ठ, दिनेश हमाल, महासचिव सरोज अर्याल लगायतका टोलीले हरलिक्स हस्तान्तरण गरेका थिए ।

सो अवसरमा संघको आयोजनामा तौलिहवा बजारमा बिहान प्रभातफेरी समेत निकालिएको थियो । संघका अध्यक्ष गुप्ताले निर्माण ब्यवसायीको समते सामाजिक उत्तरदायित्व अनुसार दिवसमा सो काम गरिएको बताए ।

उनले निर्माण ब्यवसायी समेत समाजकै एउटा अंग रहेकोले आफुहरुलाई हौसला प्रदान गर्न उनले आग्रह गरे । उनले सरकारले समेत आफुुहरुलाइृं अनेको बाहानमा दूःख दिने गरको भन्दै गुनासो गरे । उनले निर्माण ब्यवसायीले समेत ईमान्दारीका साथ काम गर्नु पर्ने बताए ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६