प्रदेश

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक



काठमाडौँ, २२ मंसिर । नेकपा माओवादी केन्द्र ले आगामी शनिबार हुने पार्टीको प्रदेश सम्मेलन तयारीका लागि छलफल गर्न स्थायी समिति बैठक बोलाएको छ ।

बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

प्रदेश सम्मेलनको तयारी, नेतृत्व चयनसहित पार्टीले लिने वैचारिक, राजनीतिक एजेन्डाका विषयमा समेत छलफल हुने ती नेताले बताए । यस्तै, बैठकमा प्रदेश सम्मेलनका विषय र आगामी राष्ट्रिय सम्मेलनमा पेस हुने राजनीतिक प्रतिवेदनका विषयमा समेत सुझाव संकलन हुने बताइएको छ ।

माओवादीले यसअघि नै सेल, वडा र पालिका सम्मेलन गरिसकेको छ ।

माओवादीले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६