प्रदेश

पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छः अर्थमन्त्री शर्मा




काठमाण्डौं, २२ मंसिर ।
अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न दातृ निकायको सहयोग र राजनैतिक दलहरूको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशीलताको कारणले पुनर्निर्माणको कार्यले मूर्त रूप लिएको बताए ।

अर्थमन्त्री शर्माले भने, भूकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न गर्नुमा पुनर्निर्माण प्राधिकरण, नेपाल सरकार, दातृ निकायको प्रमुख भूकिका रहेको छ। भूकम्पपछिको सफल पुनर्निर्माण कार्यले भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माण मात्र नभएर निर्णय क्षमता र प्रविधि क्षेत्रको ज्ञानसमेत विकसित भएको छ ।’

उनले पुनर्निर्माणको अभियानमा सहयोग गर्ने सबै मित्र राष्ट्रहरू तथा विकास साझेदार निकायलगायत अन्तर्राष्ट्रिय संघसंस्था, पुनर्निर्माणमा प्रत्यक्ष प्रत्यक्ष रूपमा सहयोग गर्नेहरूलाई धन्यवादसमेत व्यक्त गरे ।

अर्थमन्त्री शर्माले पुनर्निर्माणका बाँकी कामहरूलाई चालू आर्थिक वर्षभित्र सम्पन्न गरी सक्ने बतए । उनले चालू आर्थिक वर्षभित्र सक्नको लागि सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको पनि बताए । त्यस्तै, विपद् व्यवस्थापनसम्बन्धी कामहरू गर्न विपद् व्यवस्थापन प्राधिकरणले गर्ने र अन्य बाँकी कामहरू सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गर्ने उनको भनाइ थियो ।

मन्त्री शर्माले ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको पुननिर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुलजस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुनर्निर्माण भएको बताए ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६