पर्यटन

गठबन्धनको चुनावी घेरा तोडेर एमालेको बहुमतको सरकार बन्नेमा ढुक्क : पाण्डे



तुलसीपुर २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रिय सदस्य घनश्याम पाण्डेले आगामी निर्वाचन पछि सरकारकारको नेतृत्व पार्टी गर्ने बताउनुभएको छ । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका–८ नम्बर वडा कमिटीले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । पाँच दलिय गठबन्धनको चुनावी घेरा तोडेर एमालेले बहुमतका साथ सरकारको नेतृत्व गर्ने सदस्य पाण्डेले बताउनुभयो । स्थानीय तहदेखि प्रदेश हुँदै संघीय संसदको निर्वाचनमा गठबन्धन गरेर पाँच दल अघि बढ्ने सहमति भएपनि एमाले प्रतिको जनताको विश्वासमा कुनै कमि नआउँने उहाँले बताउनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य कोमल ओलीले पार्टीले दिएको जिम्मेवारीलाई पुरा गर्ने बताउनुभयो ।

‘पार्टीले महत्वपूर्ण जिम्मेवारी दिएको छ । पार्टी निर्माण सुदृढिकरणमा लाग्ने छु ,’ ओलीले भन्नुभयो– ‘ जनता र पार्टीले दिएको विश्वासमा कुनै कमि आउन दिनेछैन् ।’ वडा कमिटीका अध्यक्ष टोपबहादुर वलीको अध्यक्षतमा भएको कार्यक्रममा नव निर्वाचित केन्द्रिय सदस्य द्धोय पाण्डे र ओलीलाई सम्मान तथा स्वागत गरिएको थियो ।सो अवसरमा एमालेका पूर्व वडाकमिटी अध्यक्ष महेन्द्र भण्डारी, वडा इन्चार्ज धर्मराज वली, एमाले नगर कमिटी आर्थिक विभाग प्रमुख टोपेन्द्र बस्नेत, नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका सदस्य दिलाराम बस्नेत, तुलसीपुर उद्योगबाणीज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, वडा कमिटीका उपसचिव घनश्याम भण्डारी, युवकली भण्डारी, जया पाण्डे लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन वडा कमिटी सचिव निमबहादुर खड्काले गर्नुभएको थियो ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६