काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा पार्टीको अध्यक्ष पदमा पराजित भएपछि आफू पराजयबाट विचलित नभएको अभिव्यक्ति दिँदै आएका छन्। थापाले आफू एक खेलाडी भएको नाताले पनि हार वा जितले आफ्ना लागि कुनै अर्थ नराख्ने बताउँदै आएका छन्।
थापा भर्खरै सकिएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धी राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन्।
यसैबीच, थापाले टिकटकमा ‘एकपटक हार्दैमा यात्रा र गति रोकिन्न’ भन्ने शिर्षक राखेर भिडियो पनि सेयर गरेका छन्। भिडियोमा जंगलको बाटो एक्लै हिँडिरहेको जस्तो देखिएका उनले ‘मेरो यात्रा जारी छ’ भन्ने संदेश दिन खोजेका छन्।
भिडियोको पृष्ठभूमिमा हिन्दी गीत पनि बजिरहेको सुनिन्छ, महेन्द्र कपूरको आवाज रहेको हमराज फिल्मको ‘नीले गगन के तले’।
प्रतिक्रिया