प्रदेश

कपिलवस्तु १२औं महोत्सवको संयोजकमा घिमिरे, निर्देशकमा रेश्मी




कपिलवस्तु, २२ मंसिर ।
कपिलवस्तु उद्योग बाणिज्य सघंले माघ १२ गतेबाट २३ गतेसम्म १२औं कपिलवस्तु महोत्सव लगाउने भएको छ । बाणगंगा नगरपालिकाको बुद्ध रगंशालामा आयोजना महोत्सवका लागी सघं तयारीमा जुटेको हो ।

सघंको ७ औ नियमित बैठकले महोत्सवको संयोजकमा सघंका अध्यक्ष डोलकराम घिमिरेले र महोत्सवको निर्देशकमा बरिष्ट उपाध्यक्ष छवि रेश्मी मगरलाई जिम्मेवारी दिएको सघंका महासचिव मनोज पौडेलले बताए ।

साथै बैठकले महोत्सवलाई उत्कृष्ट र एतिहासिक बनाउँन यस बर्ष केही नयाँ कुराहरुको प्रयोग गरिने निर्देशक रेश्मीले बताए । बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरको आफनै भवनमा भएको बैठकले तत्काल बिभिन्न उपसमिति गठन गर्दै थप अन्य जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।

सो अवसरमा सघंका पुर्व अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, कानुनी सल्लाहकार गुणनिधि भुसाल लगायतले आआफनो धारणा राखेका थिए ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६