प्रदेश

अखिल क्रान्तिकारीले तौलिहवाको रत्नराज्य माविमा लगाएको ताला खोल्यो



कपिलवस्तु, २२ मंसिर । कपिलवस्तुमा अखिल (क्रान्तिकारी)द्धारा तौलिहवास्थित रत्नराज्य माबिको प्रधानाध्यापक कक्ष र लेखा शाखामा लगाएको तालाबन्दी खोलेको छ । बुधबार विद्यालय प्रशासन र अखिल (क्रान्तिकारी) बीच सहमति भएपछि तालाबन्दी खुलेको हो ।

सहमतिमा अखिल (क्रान्तिकारी) कपिलवस्तुले राखेका मागहरुलाई सम्बोधन गर्ने सहमति भएको छ । सहमतिमा १५ दिनभित्र अभिभावक भेला बोलाएर व्यवस्थापन समिति बनाउने, विद्यार्थीहरुबाट लिएको शुल्क फिर्ता गर्ने, जग्गा भाडाको सम्झौतापत्र सार्वजनिक गर्ने, शौचालय, खानेपानीलगायत विद्यालयको भौतिक संरचना निर्माण गर्ने लगायतका सहमति भएको अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य विष्णु रावतले बताए ।

अखिल (क्रान्तिकारी)ले बिगत ३ वर्षदेखि व्यवस्थापन समिति भंग गरेको, सार्बजनिक लेखा परिक्षण नगरेको, बिद्यार्थीबाट विभिन्न बहनामा उठाएको शुल्कको बिल भरपाई नगरेको, आफ्नो निजी खल्तीमा राखेको, बिद्यालयको करिव ७२ बिघा जग्गा भाडा दिएको, आम्दानीको विवरण शिक्षक, बिद्यार्थी, अभिभावकको बिचमा पारदर्शी नगरेको, प्रधानाध्याकले भ्रस्टाचार गरेको आदि मागहरु राखेर विद्यालय बन्द गरेको थियो ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६