अर्थ-वाणिज्य

२ दिने प्रदेश योजना सम्मेलन सम्पन्न :१० बुँदे लुम्बिनी घोषणापत्र जारी



रुपन्देही २१ मंसिर ।लुम्बिनी प्रदेश योजना आयोगद्वारा आयोजित योजना सम्मेलन २०७८ बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग सहित सातवटै प्रदेश योजना आयोगका पदाधिकारीहरूको सहभागिता रहेको दुई दिने योजना सम्मेलन १० बुँदे लुम्बिनी घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । दुई दिने योजना सम्मेलनमा प्रादेशिक योजना तथा बजेट तर्जुमा,सम्भाव्य महत्वपूर्ण बिषयमा छलफल भएको प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षत्रीले बताउनुभएको छ ।
सम्मेलनले राष्ट्रिय योजना आयोग र सातवटै प्रदेश योजना आयोग बीचको समन्वयलाई प्रभावकारी रुपमा स्थापित गर्ने, सहअस्तित्व ,समन्वय र सहकार्यको संस्कृतिलाई आत्मसात गरी प्रदेशहरुबीचको साझा दृष्टिकोण कायम गर्नेछ । यस्तै राष्ट्रिय र प्रादेशिक सन्तुलनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने, राष्ट्रिय योजना आयोगले संघ, प्रदेश स्थानीय तहबाट कार्यान्वयन गर्दै आयोजना÷कार्यक्रम वर्गीकरणसम्बन्धी मापदण्ड तर्जुमा गर्नेछ ।
सम्मेलनमा राष्ट्रिय योजना आयोगले समन्वय गर्ने, प्रदेशहरुको आन्तरिक स्रोतहरुको पहिचान र विस्तारका लागि कानूनी र संस्थागत विकासमा जोड दिने लगायतका बिषयमा सहमति कायम भएको प्रदेश योजना आयोगका प्रवक्ता डा.दामोदर भुसालले जानकारी दिनुभयो ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६