अर्थ-वाणिज्य

१४ औं कपिलवस्तु महोत्सव माघ १४वाट,उवासंघले थाल्यो तयारी




कपिलवस्तु २१ मंसिर ।
कपिलवस्तु उद्योग बाणिज्य सघंले बाणगंगा नगरपालिकाको बुद्ध रगंशालामा चौधौँ कपिलवस्तु महोत्सव लगाउने तयारी थालेको छ । यहीँ माघ १४ गतेबाट १० दिनसम्म सञ्चालन हुने गरी महोत्सवको सञ्चालनका लागी तयारी सुरु भएको आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताउनु भयो । महोत्सव सफल पार्नका लागी यसअघिनै बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगर संयोजक रहने गरी प्रस्तावना लेखन तथा पुर्व तयारी उपसमिति गठन भईसकेको छ । प्रस्तावना लेखनका काम पुरा भइसकेको रेश्मीले बताउनु भयो ।
कोरोना महामारी कारण बिगत २ बर्ष महोत्सव सञ्चालन हुन नसकेको भएता पनि यस बर्ष महोत्सवलाई ऐतिहासिक बनाउने योजना रहेको सघंका महासचिव मनोज पौडेलले जानकारी दिनु भयो । माघ १४ बाट महोत्सव सञ्चालनका लागी अध्यक्ष घिमिरेले गृहमन्त्री बालकृष्ण खाणसगं कुराकानी गरेको वताउनु भयो । कोरोनाको तेस्रो लहर भित्रिए महोत्सव संचालन गर्ने या नगर्ने भन्ने बारे अहिले नै भन्न सकिने अवस्था नरहेको तर पनि माघ १४ गतेबाटै महोत्सव संचालन गर्ने गरि तयारी थाल्न गृहमन्त्री खाँणले आश्वासन दिएको अध्यक्ष घिमिरेले जानकारी दिनु भयो ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६