प्रदेश

पशुबिज्ञ केन्द्रको सकृयतामा कपिलवस्तु हरित स्वयमसेवक समिति गठन



कपिलवस्तु २१ मंसिर।
पशु सेवा बिज्ञ केन्द्रको कार्यक्रमलाई थप प्रभावकारी बनाउन कपिलवस्तुमा हरित स्वयमसेवक समिति गठन गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रद्धारा तौलिहवामा आयोजित हरित स्वयम सेवकलाई क्षमता अभिबृद्धि कार्यक्रममा राम प्रकाश थारुको अध्यक्षतामा नौ सदस्यीय समिति गरिएको हो । समितिको उपाध्यक्षमा रामकृष्ण यादव, सचविमा पारशमणि भुसाल, कोषाध्यक्षमा गोपाल कोईराला र सह सचिवमा कुन्ज बिहारी यादव रहेका छन । यस्तै समितको सदस्यमा प्रेम नारायण पाण्डेय, गोबिन्द कुर्मी, जगदीश कोरी र रामसुबिरन कुर्मी रहेका छन । कार्यक्रममा स्वयम सेवकले गरेको कामहरुका बिषयमा समिक्षा समेत गरिएको थियो ।
सो अवसरमा बिज्ञ सेवा केन्द्रका प्रमुख उत्तम आचार्यले स्वयमसेवकहरुले बिज्ञ केन्द्रहरुको सहयोमगा संचालित बिभिन्न कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । उनले पशुपालन, कुखुरापालन, मत्सय पालनकालागि कृषकहरुलाई थप जागरुक र उत्साही बनाउन स्वयमसेवकले पहल गर्नु पर्ने बताउनुभएको छ । सो अवसरमा आचार्यले बिज्ञ केन्द्रहरुद्धारा बिगत र यस बर्ष संचालित कार्यक्रमका बिषयमा जानकारी समेत गराएका थिए । कार्यक्रममा स्वयमसेवकहरुले आफनो क्षेत्रमा संचालित कार्यक्रमको प्रगतिका बिषयमा जानकारी गराएका थिए । सो अवसरमा समितिका अध्यक्ष थारुले आफुले समितिलाई सकृय बनाई बिज्ञ केन्द्रको कामलाई प्रभावकारीरुपमा संपन्न गर्न सक्दो पलह गर्ने बताउनुभयो । बिज्ञ केन्द्रका प्रमुख आचार्यको अध्यक्षता, गणेश पुनको स्वागतमा भएको कार्यक्रममा कार्यक्रमको औचित्य बारे रुची श्रीवास्तवले प्रकाश पारेकी थिईन ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६