अन्तर्राष्ट्रिय

दुबई घुम्न हिडेका ७६ महिला मध्येरातमा बिमानास्थल वाट किन फर्काइए ?




काठमाडौँ २१ मंसिर । नेपाल वायुसेवा निगमको विमानबाट आइतबार राति काठमाडौंबाट दुबई घुम्न जाँदै गरेका यात्रुको भिजिट भिसामा शंका गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले ललितपुरको एक सहकारीका ७६ जना शेयर सदस्यहरूलाई मध्यरातमा अफलोड गरिदिएको छ ।
जाउलाखेलस्थित शुभेक्षा बहुउदेश्यीय सहकारीका शेयर सदस्य तथा पदाधिकारीको ७६ जनाको समूहलाई जहाज चढ्नुअघि अध्यागन कार्यालयले फर्काइदिएको हो । उनीहरू राति साढे ११ बजे दुबईका लागि उड्दै थिए । उक्त सहकारीका सचिव विजय शर्माका अनुसार उनीहरू सबैजना चार दिनका लागि दुबई एक्स्पोमा भाग लिन काठमाडौंबाट जाँदै थिए ।

‘हाम्रो समूहमा करिब ७० प्रतिशत ४० वर्षमाथिका महिला शेयर सदस्य थिए,’ शर्माले भने, ‘अध्यागमनका कर्मचारीले माथिको आदेश भन्दै अध्यागमन कार्यालयमा जाँचपास लिइसकेका र नलिएका सबैलाई फर्काए ।’उनका अनुसार यी यात्रुहरू जनही १ लाख ७ हजार रूपैयाँको टुर प्याकेज किनेर दुबई जाँदै थिए । कालिकास्थानस्थित अध्यागन विभागले ललितपुर महानगरपालिकाको नियमनभित्र पर्ने यो सहकारीका सदस्यहरूले भ्रमण सम्बन्धी कागजपत्र पूरा नभएकाले राति फर्काउनु परेको जनाएको छ ।
‘समूहमा सहकारीका तर्फबाट विदेश जाँदै गरेको एउटै समूह रहेछ’, विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले भने, ‘विमानस्थलमा रहेका अध्यागन कार्यालयका कर्मचारीले आधिकारिक निकायको चिठ्ठी माग्दो रहेनछ । त्यसैले अफलोड गर्नुपर्‍यो ।’अध्यागमले महानगरले अनुमति दिएको पत्र मागेको थियो । तर शुभेक्षा बहुउदेश्यीय सहकारीका अध्यक्षसहितका पदाधिकारीले जमानत बस्ने, अरु कागजात राख्ने, लगायत जुनसुकै लिखित प्रतिवद्धता दिन तयार रहँदा पनि महिलाहरू भएकै कारण रोकिदिएको बताए ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६