अर्थ-वाणिज्य

७९ लाख ५० हजार नगदसहित एकजना पक्राउ



काठमाडौं २० मंसिर । काठमाडौंको दरवारमार्गस्थित विइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको ७९ लाख ५० हजार नगदसहित एकजना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरवारमार्ग र काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले सो पसलका सञ्चालक हिरोसी खनाललाई सो रकमसहित पत्रक्राउ गरेको हो ।

नेपाली एक हजार दरका १०० वटा भएको ४९ वण्डल र नेपाली रुपैया ५ सय दरका ४१ बण्डल बरामद गरेको काठमडौं परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

बरामद भएको नगद रकमसहित महानगरीय प्रहरी परिसर काठमाडौले अनुसन्धान गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्पत्ति शुद्दिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको जनाएको छ ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६