प्रदेश

लुम्बिनी प्रदेश सदस्यमा २४ बर्षिय डा. अलविरा निर्वाचित



नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा २४ बर्षिय डाक्टर अलविरा खान निर्वाचित भएकी छन्।शनिबार भएको निर्वाचनमा खानले प्रतिस्पर्धीभन्दा २९२ मत बढी प्राप्त गरी निर्वाचित भएकी हुन।सोमबार प्राप्त मत परिणामअनुसार खानले ८८१ मत प्राप्त गरेकी गर्दा उनकी प्रतिस्पर्धी जन्नतुल धुनियाले ५८९ मत पाएकी थिइन्।यसअिघ खान कपिलवस्तुको निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा ‘ख’ बाट सर्वसम्मत रूपमा प्रतिनिधिमा चुनिएकी थिइन। कृष्णनगर नगरपालिका वडा नं. १ कृष्णनगरकी स्थायी बासिन्दा उनले लुम्बिनी प्रदेश समिति सदस्यमा संस्थापनइतर समूहबाट मुस्लिम समुदायबाट उम्मेदवारी दिएकी थिइन।
खान १३ औं महाधिवेशनमा पनि क्षेत्रीय प्रतिनिधि थिइन्। उनका बुवा अखिल मिया यसअघिका कांग्रेसका क्षेत्रीय सभपति हुन। अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधि भएका छन्।बुवाले राजनीति गर्दै आएको हुँदा म पनि विद्यालय पढ्दादेखि नै नेविसंघको राजनीतिमा लाग्न थालेकी थिएँ,’ खानले भनिन्, ‘त्यसैको प्रतिफल अहिले मलाई मतदाताले रूचाएर लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित गर्दा धेरै खुसी लागेको छ।’खानले सन् २०२१ मा बंगलादेशबाट एमबिबीएस पूरा गरेको बताइन।

‘मैले एमबिबीएस पूरा गरे पनि अझैं अस्पतालमा गएर नियमित रूपमा बिरामीको उपचार गर्न थालेकी छैन,’ उनले भनिन्, ‘अब नेपालमै इन्टर्नसिप गर्छु र त्यसपछि बिरामीको सेवामा खटिनेछु।’अब तपाईं राजनीति गर्नुहुन्छ कि बिरामीको उपचार? भन्ने प्रश्नमा उनले भनिन्- यी दुबै चिजलाई मिलाएर सँगसँगै अगाडि बढ्ने चाहना रहेको प्रतिक्रिया दिइन्।‘म पेशागत रूपमा म डाक्टरको भूमिकामा हुने छ,’ उनले भनिन्, ‘मेरो योगदान र मेरो भिजनअनुसार युवा भएर राजनीतिमा सक्रिय हुनेछु।’आफू युवा हुनुको नाताले नेपाली कांग्रेसभित्र युवा जेनेरेसनलाई मोटिभेट गर्ने पात्रका रूपमा अगाडि बढ्ने चाहाना उनले व्यक्ति गरिन्।‘कांग्रेस भित्र युवाको सक्रिय सहभागिता हुनुपर्छ,’ उनले भनिन्, ‘त्यसो हुन सकेमा कांग्रेसमा नयाँ उर्जा पैदा हुनेछ। त्यो धेरै नै प्रभावकारी हुनेछ।’

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६