खोज–अनुसन्धान

युवकको हत्या आरोपमा पक्राउ परेका दुई महिला माथि अनुसन्धान हुँदै



तुलसीपुर,२० मंसीर । सल्यानमा एक युवकको हत्या आरोपमा पक्राउ परेका दुई महिला माथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनिहरु माथि कर्तब्य ज्यान सम्बन्धि मुद्दा दर्ता भई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएकोे छ ।गत मंसीर १० गते शारदा नगरपालिका वडा न.५ गैरागाउँ बस्ने अन्दाजी ३० वर्षीय शेरबहादुर चन्दको बाँसघारीमा आधा शरीर जलेको अवस्थामा शव भेटिएको थियो । उक्त घटनाको आशंकामा दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा सोहि ठाउँ निवासी भाउजु नाता पर्ने २५ वर्षीया लक्ष्मी चन्द र २६ वर्षीया राधा पौडेल रहेका छन । उनिहरु माथि म्याद थप गरेर अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६