अन्तर्राष्ट्रिय

प्रजातन्त्रवादी नेतृ सुकीलाई चार वर्षको जेल सजाय ।



काठमाण्डौ, २० मंसिर । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।

सोमवार एक अदालतले ७६ वर्षीया सुकीलाई सेनाविरुद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । उहाँमाथि भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायतका आरोप लागेको छ ।

तर, सुकीले यो आरोपको खण्डन गर्दै आउनु भएको छ । यदि सुकीमाथि लागेका सबै आरोपमा अदालतले दोषी ठहर्याए उहाँलाई आजीवन कारावासको सजाय हुन सक्ने बीबीसीले जनाएको छ ।

गएको फेब्रुअरी १ तारिखमा सत्ता हातमा लिँदै सुकीलाई सेनाले नजरबन्दमा राखेको थियो । त्यसयता म्यानमारमा सैन्य ुकुु को विरोधमा प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा सेनाले बल प्रयोग गर्दै आएको छ ।

विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १२ सय जनाभन्दा धेरै प्रदर्शनकारीको ज्यान गइसकेको छ ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६