अर्थ-वाणिज्य

स्वयमसेविका दिवसमा २३ जना सम्मानित



कपिलवस्तु १९ मंसिर ।
१८ औं महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस वाणगंगामा पनि मनाइएको छ । आइतबार नगरपालिमा एक कार्यक्रम गरेर दिवस मनाइएको हो । ‘स्वस्थ जीवन शैली हाम्रो आवश्यक्ता, संकट न्यूनिकरणमा महलिा सामुदायिक स्वास्थ्य स्वयमसेविका’ भन्ने नारा सहित मनाइएको दिवसमा स्वयमसेविका र स्वास्थ्य शाखामा कार्यरत कर्मचारीले ४ नम्बर जितपुर परिक्रमा गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरपालिकाका उपमेयर चक्र अर्यालले स्वयमसेविकाले सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान प्रशंसनिय रहेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथी बासुदेब खनालले स्वयमसेवक आफैमा परोपकार संग जोडिएको भन्दै यसको तुलना अर्थ संग गर्न नसकिने बताउनुभयो ।
स्वयमसेविकाले गरेको कामको नगरपालिकाले उच्च मुल्याङकन गर्ने भन्दै आफ्नो कामलाई निरन्तर जारी राख्न आग्रह गर्नुभयो । यस्तै वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले स्वयमसेविका गाउँका डाक्टर भएकाले उनिहरुले धेरैको जीवन बचाउन सहयोग गरेको बताउनुभयो । वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीले पनि स्वयमसेविकाले गरेको काम प्रशंसनिय रहेको बताउनुभयो । स्वयम सेविका स्वयम ब्यक्तीले गर्ने सेवा भएकालेपनि आफ्नो काम तथा जिम्मेवारी प्रति गर्व गर्नुपर्ने बताउनुभयो ।
। यस्तै स्वयमसेविका मन्जु भुसालले भने आफुहरुको कामलाई नगरपालिकाले मुल्याङकन गर्न नसकेको गुनासो गर्नुभयो । स्वयमसेविकाले काम अनुसारको सेवासुविधा नपाएको बताएका थिए । स्वयमसेविकालाई राज्यलेनै दिनेभनेको बनेस रकम समेत नगरपालिकाले उपलब्ध गराउन नसकेको भन्दै यहिले सम्मपनि परिचय पत्र नबनेको जानकारी दिनुभयो । कार्यक्रममा ३ जना स्वास्थ्यका कर्मचारी र २० जना उमेर हदका कारण सेवा निवृत स्वयमसेविकालाई सम्मान गरिएको थियो । कार्यक्रम स्वयम सेविका संजालका नगर अध्यक्ष कमला चुदाँलीको अध्यक्षता, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलको स्वागत मन्तब्य र भक्तीराम पाण्डेको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६