ब्रेकिंग न्युज

भौतिक संरचना अपाङगता मैत्री नभएमा सरकारले भुक्तानी रोक्छ :मन्त्री यादव



कपिलवस्तु १९ मंसिर ।भौतिक योजना तथा पुर्वाधार मन्त्री शहषराम यादवले भौतिक संरचना र विकासका कामलाई गुणस्तरिय र व्यवस्थित गरिने बताउनु भएको छ । ३० औं अन्तरराष्ट्रिय अपांगता दिवसको अवसरमा तौलिहवामा राखिएको टेलिभिजन संवाद कार्यक्रममा मन्त्री यादवले यस्तो बताउनु भएको हो । उहाँले अगाडि भन्नु भयो , अब बन्ने विकास निमार्णका कार्यहरु वर्षौसम्म टिक्ने हुनु पर्छ र स्थानिय नागरिकले पनि विकास निमार्णका काममा चासो दिएर सहयोग पुर्याउनु पर्छ । उक्त सम्पूर्ण कार्यक्रम सामुदायिक टेलिभिजन बुद्ध आवाजले प्रत्यक्ष प्रशारण गरेको थियो

भौतिक संरचना अपाङगता मैत्री नभएमा सरकारले भुक्तानी रोक्ने कार्यविधी वनाएर लागु गर्छाै उहाले भन्नु भएकोछ ।मन्त्री यादवले अपांगता भएका व्यक्तिहरुको हकहितको लागि सहयोग गर्ने बताउदै अब बन्ने हरेक सम्रचनाहरु अपांगमैत्री हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष बाबुराम खनालले अपांगता भएका व्यक्तिहरुको क्षमताका आधारमा विभिन्न अवसरहरु पार्टीले प्रदान गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका नारायण प्रसाद खनालले जिल्लाका १० वटै स्थानिय तहमा अपांगमैत्री बजेट विनियोजन गर्न पहल गर्ने बताउनु भयो ।समन्वय समितिका उपाध्यक्ष तारावती चौधरीले अपांगता भएका व्यक्तिहरुलाई विभिन्न सिप र अवसरको आवश्यकता भएको जनाउनु भयो । कार्यक्रममा राष्ट्रिय अपांग महासंघका पुर्व वरिष्ट उपाध्यक्ष देवी वहादुर पोखे्रलले अपांगता भएका व्यक्तिहरुको अवस्था र कानुनी व्यवस्थाहरुको बारेमा अबधारणा प्रस्तुत गर्नु भएको थियो ।

राष्ट्रिय वुद्धदर्पणका सम्पादक पार्वती पाण्डेको सहजिकरणमा भएको टेलिभिजन संवाद कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे , मायादेवी गाउँपालिकाका उपाध्यक्ष गिता तिवारी , प्रहरी उपरिक्षक दानवहादुर कार्की , जिल्ला शिक्षा समन्वय इकाईका लेखाजोखा प्रमुख बासुदेव पराजुली , कपिलवस्तु नगरपालिकाका वरिष्ट सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ लगायतले अपांगता भएका व्यक्तिहरुको हक अधिकारका बारेमा प्रतिवद्धता जनाउनु भएको थियो ।लुम्बिनी विकास केन्द्र , दलित सामाजिक विकास केन्द्र लगायतका संघसंस्थाहरुको आयोजनामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका अपांगता भएका व्यक्तिहरुले आ आफ्ना समस्याहरु खुलेर राखेका थिए । अपांगता भएका व्यक्तिहरुको प्रश्नको सवालको जवाफ जवाफदेखि निकायले दिएका थिए।

छलफल कार्यक्रममा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयन , भौतिक सम्रचना अपांगमैत्री हुने कुराको ग्यारेण्टी ,स्थायिय बजेटमा अपांगता भएकाले प्रत्यक्ष लाभ पाउने कार्यक्रम लागु गर्ने , अपांगता परिचयपत्र शुलभ रुपमा बितरण , अपांगता भएकाको समावेशीकरण र सहभागिता सरकारी गैसस , आइएनजिओको कार्यक्रमबाट अपांगता भएकाले लाभ पाउने प्रबन्ध ,लक्षित वर्गका कार्यक्रममा अपांगता भएकालाई पहिलो प्राथमिकताको सुनिश्चिता , सार्वजनिक यातायातमा छुटको व्यवस्था निर्शत कार्यान्वयन , सहायक सामाग्री निःशुल्क उपलब्ध हुने प्रबन्ध , रोजगारीमा पहुँच बढाउन आवश्यक पहल , मतदाता नामावली र जनगणनामा अपांगता भएका नछुटुन भन्ने राज्यको चासो हुनु पर्ने , परिचय पत्रका आधारमा निःशुल्क स्वास्थय उपचारको कार्यान्वयन हुनु पर्ने १२ वुँदामा जवाफदेही निकायले प्रतिवद्धता जनाएका थिए ।कार्यक्रम अपांगता भएका व्यक्तिको लागि निकै उपलब्धिमुलक रहेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य ओरीराम चौरासीयाले बताउनु भयो ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६