खेलकुद

सहिद स्मारक ए डिभिजन लिगमा च्यासल र एनआरटीको बराबरी



काठमाण्डौ, १८ मंसिर । सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटी ले १–१ गोलको बराबरी खेलेका छन् ।

४३ औँ मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । तर ७८ औँ मिनेटमा दिपेश घलेले गोल गर्दै एनआरटीलाई बराबरीमा ल्याए । उनले मैदान प्रवेश गरेर खुट्टामा आएको पहिलो बललाई नै गोलमा परिणत गर्न सफल भए ।

बराबरीसँगै च्यासलको चार अङ्क भएको छ । एनआरटीको दुई अङ्क पुगेको छ । च्यासल र एनआरटीको खेल तनावपूर्ण बनेको थियो । पटक–पटक दुवै टोलीका खेलाडीले एक आपसमा झगडा गरेका थिए ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६