खेलकुद

‘ए’ डिभिजन लिगः सङ्कटा र मनाङ मर्स्याङ्दी तथा च्यासल र एनआरटी खेल्दै ।



काठमाण्डौ, १८ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मनाङ मर्स्याङ्दी खेल्दैछन् ।

सङ्कटा र मनाङको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

सङ्कटा दुई खेलमा ४ अङ्क जोडेर पाँचौँ स्थानमा छ । अपराजित मनाङ दुई खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ ।

यस्तै दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटी खेल्दैछन् । खेल बेलुका पौने पाँच बजे सुरु हुनेछ ।

च्यासल दुई खेलमा ३ अङ्क जोडेर आठौँ स्थानमा छ भने एनआरटी दुई खेलमा १ अङ्कसहित लिगको १२औँ स्थानमा छ ।
हिजो भएको खेलमा एपीएफलाई हराउँदै नवप्रवेशी क्लब सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोले ३ खेलमा ७ अङ्क जोडेको छ ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६