अर्थ-वाणिज्य

महिलाले आर्थिक हैसियत र राजनैतिक हस्तक्षेप बढाउनै पर्छ : बलदेव



बिकास थापा
कपिलवस्तु १७ मंसिर ।महिलाले आर्थिक सवलीकरण र राजनैतिक हस्तक्षेप बढाएमात्र समृद्ध नेपाल र सुखी नेपाली बन्न सक्ने पूर्बमन्त्री चक्रपाणी खनाल बलदेवले वताउनु भएको छ । यी दुई पक्षमा प्रगती नभए महिला जतिसुकै राम्रो ब्यवस्था आएपनि पछि नै पर्ने ठोकुवा गर्नु भएको छ । महिलाहरुको आर्थिक सामाजिक र सांस्कृतिक पक्षलाई शशक्त बनाउनमा बिहानी सहकारीले ठूलो टेवा पुरयाईरहेको बताउनुभएको छ ।
बिहिबार बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेड बाणगंगा ५ कोपवाको सातौ बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । पूर्बमन्त्री बलदेबले नगरभित्र छरिएर रहेका महिलाहरुलाई एउटै छानामुनी गोलबन्द गरि बिभिन्न सिपमुलक र आयमुलक तालिमहरु सञ्चालन गरेकोप्रति धन्यावाद दिनुभयो । महिलाहरुको चौतर्फी दिगो बिकास गर्दै कृषि तथा पशुबिकास महिला उद्यमी संस्थाको रुपमा सहकारीलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख तारावाती चौधरीले महिलाहरुको आर्थिक सामाजिक शशक्तिरणमा जोड दिदै उद्यमशिलतामा प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै हेफर ईन्टरनेश्नल नेपालका कार्यक्रम प्रबन्धक अन्नत शिलवाल , वडा अध्यक्ष भिष्मराज भूषालले परम्परागत कृषि तथा पशुबिकास प्रणालीबाट ब्यवसायिक र आधुनिकिकरण गर्न तर्फ सबैको ध्यान जानुपर्ने उहाको भनाई रहेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष तुल्सी थापाले बार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित निति तथा कार्यक्रमहरु , लेखा समिति संयोजक रितु पोख्रेलले आर्थिक तथा लेखा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैबिच पुनह तुल्सी थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा संगिता चौधरी , सचिवमा शिबकला बेल्बासे ,कोषाध्यक्षमा बिना मल्ल र सदस्यहरुमा कोईली थारु ,बिमा खत्री , निर्मला खनाल ,कमला परियार ,सुर्जमति थारु रहनुभएको छ । संस्थाका अध्यक्ष तुल्सी थापाको अध्यक्षता ,उपाध्यक्ष संगिता चौधरीको स्वागत मन्तब्यमा भएको कार्यक्रमको सञ्चालन ब्यवस्थापक मिना आले काउचाले गर्नुृभएको थियो ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६