प्रदेश

कक्षा १२ काे नतिजा सार्वजनिक, ७ हजार ६३ जनाले ल्याए ‘ए’ प्लस



कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ६३ जनाले ‘ए’ प्लस ल्याएका छन् । यस्तै, ४८ हजार २ सय ३९ जनाको ग्रेड ‘ए’ आएको छ ।

७० हजार १ जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । त्यसैगरी ‘सी’ प्लस ल्याउनेको सङ्ख्या ७५ हजार ८८ र ‘सी’ ग्रेड ल्याउनेको सङ्ख्या २४ हजार ५ सय १५ जना रहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ‘डी’ प्लस ल्याउने परीक्षार्थी ३ हजार ८७५ रहेका छन् भने ‘डी’ ल्याउने परीक्षार्थी २९६ जना छन् ।

१० हजार ७३ परीक्षार्थीले ‘ई’ ग्रेड ल्याएका छन् । परीक्षामा सहभागीमध्ये ४६ जना परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको छ भने चार जना परीक्षार्थीलाई आउँदाे एक वर्षसम्म बोर्डको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको बोर्डले जनाएको छ ।   

परीक्षाकाे नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।

यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ । यस्तै १६०१ नम्बरमा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने छ । 

 गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६