ब्रेकिंग न्युज

स्वार्थ र द्वन्द्वको निवारण बौद्ध दर्शनः राष्ट्रपति



भैरहवा १६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी बौद्ध विश्व विद्यालयलाई विश्व स्तरको प्राज्ञिक संस्थाका रुपमा विकास गर्नुपर्ने बताएकी छिन् ।बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन, अध्यापन र अनुसन्धानबाट विश्वविद्यालयलाई नमुना बनाउने कार्यमा लाग्न उनले आग्रह गरिन् । विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रिपतिले बुद्ध शिक्षा र ज्ञानलाई विद्यालय तहदेखि उच्चतहको पाठ्यक्रममा समावेश गर्दै लानुपर्ने बताइन् ।


समाजमा विद्यमान तीव्र स्वार्थ र द्वन्द्वले शान्ति कायम हुन नसकेको राष्ट्रपतिले बताइन् । यसको निवारणकालागि बुद्धले प्रवद्र्धित गरेको सामूहिकता र मानव प्रेमको भावना जागृत गराउनुपर्ने बताइन् । मानवताकालागि बौद्धदर्शन, ज्ञान र बिचारले सम्पूण जगतकै शान्तिकालागि मार्गदर्शन गरेको उनको भनाई थियो । वार्षिकोत्सवको अवसरमा प्रथम त्रियान प्रज्ञा सम्मेलनको आयोजना गरिएको थियो । आजै राष्ट्रिपतिले विश्वविद्यालयको केन्द्रिय पुस्तकालय भवनको उद्घाटन गरिन् । कार्यक्रममा शिक्षा मन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, एमाले उपाध्यक्ष विष्णु पौडेल लगायतले सम्बोधन गर्दै विश्वविद्यालयलाई अन्तराष्ट्रिय अनुसन्धान केन्द्रका रुपमा विकास गर्दै लानुपर्ने बताएका थिए ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६