अन्तर्राष्ट्रिय

विश्वका ४ करोडभन्दा धेरै मानिस आधुनिक दासताको सिकार



काठमाण्डौ, १६ मंसिर । आज ‘अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

शोषण अन्त्यका लागि सन्देश दिन भन्दै हरेक वर्ष डिसेम्बर २ तारिखमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९४९ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा १९८३ सालमा चन्द्र शम्शेर राणाले दास प्रथा उन्मूलनको घोषणा गर्नुभएको थियो ।

नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएको छ । तर अहिले दासताको परिवर्तित स्वरुपले विश्वमा मात्रै नभइ नेपालका लागि पनि चुनौतीपूर्ण विषय बनेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओ को पछिल्लो तथ्याङ्क अनुसार ४ करोडभन्दा धेरै मानिसहरु विश्वभर आधुनिक दासताको सिकार बनेका छन् ।

नेपालमा आन्तरिक तथा बाह्य बेचविखन जस्ता आधुनिक दासत्व पनि बढ्दै गएको छ । नेपालमा मानव तस्करी, अङ्ग तस्करी जस्ता घटना बढिरहेका प्रहरीको तथ्याङ्क छ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६