अर्थ-वाणिज्य

कपिलवस्तुको मोतिपुर शब स्टेशन सूचारु :कहाँकहाँ हुनेछ बिधुत आपूर्ति



कपिलवस्तु १४ मंसिर । नेपाल विद्युत प्राधिकरण बुर्तिवाङ्ग ,वाग्लुङ्ग, बैदि अमराई, तम्घास सन्धीखर्क, गोरुसिगे १३२ केभी प्रसारण लाईन अन्र्तगत मध्येको मोतिपुर सव स्टेशनले आफनो प्रसारण लाईन सञ्चालनमा आएको छ ।मोतिपुर डाडा सव स्टेशन २ बर्ष ६ महिनाको समय अवधीमा आफनो सेवालाई सुचारु गरेको यस सव स्टेशनको सेवाले कपिलवस्तु जिल्लाका बनगाई हुदै ,चारनम्बर,तौलिहवा सेवा केन्द्रबाट सुचारुहुने लाईन यस स्टेशनबाट सुचारु हुने छन् ।
मोतिपुर सव स्टेशनबाट लाई सुचारु भए देखि वर्षातको समयमा लाईन जाने समस्या, हावाहुरी लाग्दा लाईन जाने समस्या निकै कम हुने विश्वास रहेको छ । यस भन्दा अगाडि चारनम्बर फिउज सेवा,तौलिहवा वितरण केन्द्रबाट वितरण हुदै आएको लाईन चन्दौटा सव स्टेशनबाट जंगलको एरिया २८ किलोमिटर भएको कारण सामान्य वर्षात र सामान्य हावाहुरीका कारण लाईन जाने समस्या झेल्दै आएका सर्व साधारणले लाईन जाने समस्याबाट सुखको सास फेर्न पाउने भएका छन् ।
मोतिपुर डाडामा रहेको सवस्टेशन स्टेशन ५ वटा सवस्टेशन मध्ये कै ठुलो ३०/१६ एमभीए क्षमताको ट्रान्सफारम जडान गरिएको छ । मोतिपुर सवस्टेशन निर्माणका लागि ३ विगाह १० कठ्ठा क्षेत्रफलको एरियामा निर्माण भएको सो संरचना निर्माण गरिएकोले पनि ५ वटा स्टेशन मध्ये कै ठुलो आयोजनाको रुपमा यसलाई लिईएको छ ।
बुर्तिवाङ्ग ,वाग्लुङ्ग, बैदि अमराई, तम्घास, सन्धीखर्क, गोरुसिगे १३२ केभी प्रसारण लाईन आयोजना मध्ये ८८ किलोमिटर प्रसारण लाईन ५ बटा सव स्टेशनको काम भैइ रहेको छ । पौष १५ भित्र सन्धीखर्क, सव स्टेशनलाई सञ्चालनमा ल्याउने र यस आर्थिक वर्ष भित्र सवै सव स्टेशनहरु सञ्चालमा आउने आयोजना प्रमुख मनोज चौधरीले वताउनु भयो ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६