अर्थ-वाणिज्य

एमाले महाधिबेशन :केन्द्रीय सदस्यमा ५३ महिला निर्विरोध



काठमाडौं, १४ मंसिर । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा केही सदस्य निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । तर उनले पेश गरेको सूचीमा नभएकाहरुले समेत उम्मेदवारी दिएका कारण धेरैमा निर्विरोध भने हुन सकेन ।

अध्यक्षमा ओलीसँग भीम रावलको उम्मेदवारी परेको छ । उपाध्यक्ष र सचिवमा पनि निर्वाचन हुने भएको छ । ६ उपाध्यक्षका लागि ७ र ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वारोध निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यहरुमा पनि केही निर्विरोध भएका छन् । खुला, आदिवासी जनजातिलगायतका धेरै उम्मेवार परेको ठाउँमा पनि सहमतिको प्रयास भइरहेको छ । सकेसम्म पदाधिकारीमा मात्र चुनाव गर्ने प्रयास हुने एक नेताले बताए ।
केन्द्रीय सदस्यमा निर्विरोध ५३ महिला
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा (महिला खुल्ला कोटा) बाट ५३ जना महिला केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको ५३ जनाको सूचीमा परेकी अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएकी थिइन् भने सूचीमै नपरेकी उषाकिरण तिम्सिनाले उम्मेदवारी दिएकी थिइन् । ओलीबाट प्रस्तावित र एक जनाको व्यक्तिगत उम्मेदवारीसहित ५३ जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् ।
निर्विरोध निर्वाचित महिलाहरुको नामावली
१)अम्बिका थापा २) इन्दु कडरिया ३) उषाकिरण तिम्सिना ४) श्रीमाया थकाली ५) कोमल वली ६) गीता अधिकारी ७) गोमादेवि आचार्य ८) गौरीकुमारी वली ९) जानुका सिम्खडा १०) टुका हमाल ११) डा.शिवमाया तुम्बाहम्फे १२) तुलसाकुमारी दाहाल १३) थममाया थापा १४) दक्षिणा शाही १५) दीपा शर्मा १६) नविना लामा १७) निरु दर्लामी कुँवर १८) निरुदेवी पाल १९) निर्मला देवकोटा २०) प्रतीक्षा तिवारी २१) प्रभा बराल २२) बालिका गिरी २३) विमला घिमिरे २४) बुधनीदेवी महतो २५) भगवती चौधरी २६) भारती पाठक २७) भगवती न्यौपाने २८) मनकुमारी जिसी २९) ममता गिरी ३०) मीना उप्रेती ३१) मैनाकुमारी भण्डारी ३२) लक्ष्मी गौतम ३३) लीलाकुमारी भण्डारी ३४) विद्या भट्टराई ३५) विना राई ३६)विन्दा ढुंगाना ३७) विन्दा पाण्डे ३८) शर्मिला कार्की ३९) शान्ता चौधरी ४०) शान्तिदेवी ढकाल ४१) शोभा ज्ञवाली ४२) सम्झना देवकोटा ४३) सकुन्तला बस्नेत ४४) सरस्वती बस्नेत ४५) सरिता न्यौपाने ४६) सीता गिरी वली ४७) सीता न्यौपाने ४८) सीता पौडेल ४९) सिर्जना काफ्ले ५०) सीताकुमारी सुन्दास ५१) सुजिता शाक्य ५२) सुनिता बराल ५३) सुशीला नेपाल ।

उम्मेदवारी दर्ताकै आधारमा निर्विरोध हुनेहरु

मधेसी महिला – कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव ।

मुस्लिम महिला – साजिदा खातुन सिद्धिकी ।

दलित महिला– विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाईली

पिछडिएको क्षेत्र महिला– बद्मीकुमारी बोहरा ।

श्रमिक

खुला – विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ।

महिला – मञ्जुकुमारी थापा मगर र सीता लामा ।

उपत्यका विशेष

खुला– माधव ढुंगेल

महिला – विनाकुमारी श्रेष्ठ

सम्पर्क समन्वय

खुला – नरेन्द्र श्रेष्ठ

प्रदेश १

महिला – उषाकला राई, निरा खनाल र मेनुका काफ्ले

प्रदेश २

खुला – अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल

महिला – कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा

बागमती

महिला – पार्वती रावल, पेम्बा लामा र रचना खड्का

गण्डकी

खुला – इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी

महिला – नरदेवी पुन, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री

लुम्बिनी

खुला – खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल

महिला – मेनुका पोखरेल, सरिता खनाल र साबित्रा अर्याल

कर्णाली

महिला – तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६