खेलकुद

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज जावलाखेल र पुलिस क्लब खेल्दै ।



काठमाण्डौ, १२ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् ।

खेल बेलुका पौने ५ बजे सुरु हुनेछ । जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको थियो ।

पहिलो खेलमा पुलिस क्लबले त्रिभुवन आर्मीसँग १–१ गोलको बराबरी खेलेको थियो।

हिजो भएको खेलमा हिमालयन शेर्पालाई हराउँदै मनाङ मर्स्याङ्दीले लगातार दोस्रो जित निकालेको छ।

मनाङ तालिकाको शीर्ष स्थानमा छ । उसको दुई खेलमा ६ अङ्क छ ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६