अन्तर्वार्ता

एमालेको प्रदेश अध्यक्ष वा केन्द्रिय सदस्य मध्ये एक पदमा अधिकारीको दाबि



कपिलवस्तु ९ मंसिर ।नेकपा एमालेका प्रदेश सचिवालय सदस्य एवम कार्यलय सचिव वलराम अधिकारीले लुम्विनी प्रदेशले छिमेकी जिल्ला चितवनमा हुने एमालको १० औं महाधिबेशनकालागि १ लाख जनसहभागिता गराउने योजना कार्यान्वयनमा लगेको वताउनु भएकोछ । उहाले सामुदायिक टेलिभिजन बुद्ध आवाजसंगको कार्यक्रम लोजिक शोमा अन्तरवार्ताका क्रममा यस्तो वताउनु भएको हो । उहाले यतिबेला एमालेमा नेतृत्व ब्यवस्थापन चुनौती पूर्ण देखिएपनि त्यसको सहज ब्यवस्थापन हुने दावि गर्नु भयो ।


आफूले पार्टीको साझा सहमति र आबश्यकताका आधारमा प्रदेशको अध्यक्ष भएर पार्टी चलाउने जिम्मेवारी पाएमा कुशलता पूर्वक निर्वाह गर्ने माग गरेको वताउदै त्यसो हुन नसके प्रदेशको कोटावाट केन्द्रिय सदस्यकालागि उम्मेदवारी दिने वताउनु भयो । उहाले आफू समग्र प्रदेशभरमा मेहनतका साथ काम गरेकाले राष्ट्रभरका प्रतिनिधीले गर्ने मतदानवाट समेत विजयी हुने विश्वास प्रकट गर्नु भयो । कपिलवस्तुमा १५ बर्षसम्म एमालेको जिल्ला कमिटी अध्यक्षको रुपमा नेतृत्व गर्नु भएका अधिकारी नेकपा बनेसंगै लुम्विनी प्रदेश सचिवालयमा रहेर कार्यलयको नेतृत्व गर्दै आउनु भएकाले केन्द्रिय सदस्य वा प्रदेश कमिटी अध्यक्ष मध्ये एक आफूलाई दिएर नेतृत्व ब्यवस्थापका गर्न माथिल्लो नेतृत्व समक्ष प्रस्ताव पेश गर्नु भएको उहाको भनाइछ ।


कपिलवस्तुवाट एमालेको वर्तमान केन्द्रिय कमिटीमा गिरधारीलाल न्यौपाने , विमला घिमिरे र सिराज अहमद फारुकी रहनु भएको छ । उहाहरु तीनैजना केन्द्रिय कमिटीमा पुन निर्वाचित हुने मनस्थितीमा हुनु हुन्छ । तर पहिलो पटक केन्द्रिय सदस्य बन्न इच्छा प्रकट गर्नेहरुको क्रम समेत कपिलवस्तुमा बढेकोछ ।कपिलवस्तुको भूगोलवाट १८ , केन्द्रिय कमिटी , विभिनि केन्द्रिय विभाग र जनसंगठनवाट ९ जना गरी २७ जनाले चितवनमा हुने १० औं महाधिबेशन प्रतिनिधीका रुपमा भाग लिन जादैछन् । ती मध्ये कम्तीमा ५ र वढीमा ७ जनाले विभिन्न भूगोल क्षेत्र र समावेशी कोटावाट केन्द्रिय सदस्यकालागि उम्मेदवारी दिने आकलन एमाले कपिलवस्तुले गरेको छ ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६