अन्तर्राष्ट्रिय

घनश्याम भुसालले पार्टीको १०औँ महाविधेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा



काठमाडौं ९ मंसिर । एमाले उपमहासचिव घनश्याम भुसालले पार्टीको १०औँ महाविधेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । पार्टीको १०औँ महाविधेशनको दुई दिनअघि भुसालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने मनस्थिति बनाएको उनीनिकट एक नेताले नयाँ पत्रिकासँग बताए ।  वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल र स्थायी समिति सदस्य सुवास नेम्वाङले पनि दाबी गरेका छन् ।

‘धेरै नेता र कार्यकर्ताहरूसँग छलफल गरेर उहाँले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भन्नुभएको छ, सम्भवतः भोलि वा त्यसपछि सार्वजनिक घोषणा गर्नुहुन्छ,’ भुसालनिकट एक नेताले भने, ‘त्यसका लागि उहाँले महाधिवेशन प्रतिनिधिलाई अनुरोध गर्दै अपिल जारी गर्नुभएको छ ।’

भुसालले बुधबार ‘नेकपा एमालेको पुनरोदयका लागि दशौँ महाधिवेशनका समस्त प्रतिनिधिसमक्ष मेरो अपिल’ शीर्षकमा अपिल सार्वजनिक गरेका छन् । भुसालले मूलभूत सैद्धान्तिक दिशाका हिसाबले नेकपा एमाले ठीक ठाउँमा रहेको भन्दै संगठनका हिसाबले नेकपा एमालेको अर्को कुनै जोडा नभएको दाबी गरेका छन् । ‘इतिहासको गौरव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठाका हिसाबले पनि हामी अतुलनीय छौँ । समाज र राजनीतिका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका यसका सदस्यहरूका आधारमा हेर्दा पनि नेकपा एमाले मुलुककै नेता पार्टी हो । तर, माथि उल्लेख गरिएझैँ, आजको ठोस कार्यक्रम र त्यस कार्यक्रमलाई कार्यान्वयन गर्ने संगठनात्मक व्यवस्थामा असंगतिहरू छन् ,’ भुसालले जारी गरेको अपिलमा भनिएको छ ।

अपिलमा भनिएको छ, ‘जसरी ज्ञान–विज्ञानका उपलब्धि कुनै राष्ट्र वा जातिका सम्पत्ति हुँदैनन्, त्यसैगरी पार्टीका सिद्धान्तहरू कुनै गुट वा समूहका हुँदैनन् । जेसुकै कारणले होस्, हामीले दशौँ महाधिवेशनमा यी विषयमा आवश्यक छलफल गर्न नसक्ने भयौँ । तर पार्टीका सिद्धान्तहरूको निर्माणमा अगाडि रहेर करिब दुई दशकदेखि क्रियाशील सदस्यको हिसाबले मेरो के दाबी छ भने नेकपा एमालेको पुनरोदयका लागि ती असंगति हटाउनै पर्नेछ, त्यसका आधारमा कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नै पर्नेछ। त्यसैले, सबै प्रतिनिधिसमक्ष मेरो अपिल छ – दशौँ महाधिवेशनले कम्तीमा पनि दलाल पुँजीवादको विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रमका बनाउन संकल्प गरोस् ।’

यस्तो छ भुसालको अपिल

नेकपा एमालेको पुनरोदयका लागि दशौँ महाधिवेशनका समस्त प्रतिनिधिसमक्ष मेरो अपिल
मुलुकको नजर हामीमाथि छ 

नेकपा एमालेका लाखौँ सदस्यले विभाजनको पीडा र गुटबन्दीको नशाबाट हाम्रो पार्टी ब्युँझन्छ र धुलो टक्टक्याउँदै फेरि उठ्छ, विचार तथा सिद्धान्तको आधारमा अझ बढी एकताबद्ध भएर फेरि उठ्छ भन्ने भरोसाका साथ दशौँ राष्ट्रिय महाधिवेशनतर्फ हेरिरहेका छन् ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक बाणगंगा न.पा. ४, जितपुर, कपिलवस्तु
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

प्रेसपाटी हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल