प्रदेश

स्वास्थ्यमन्त्री चौधरीद्वारा हैजाविरुद्धको खोप अभियान शुभारम्भ



कपिलवस्तु ५ मंसिर। कपिलवस्तुमा हैजा बिरुद्धको खोप अभियान आईतवारबाट सुभारम्भ भएको छ । स्वास्थ्य कार्यालयद्धारा यशोधरा गाउपालिकाको अस्पतालमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या मन्त्री ईन्द्रजित चौधरीले ब्यानर पढेर खोप कार्यक्रमको उदघाटन गर्नु भएको छ । त्यस लगत्तै यशोधरा गाउपालिकाका प्रमुख गिरीजेश कुमार पाण्डेयलाई हैजा बिरुद्धको ओरल कलोरा भ्याक्सिन ख्वाएर खोपको शुभारम्भ गरिएको हो । 

यशोधरा गाउपालिकामा आईतवार देखि मंसिर १० गते सम्म खोप अभियान सचालन हुनेछ । जिल्लाका हैजा प्रभावित ५ पालिकामा हैजा बिरुद्धको ओरल कलोरा भ्याक्सिन लगाईने भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले हैजाबाट सुरक्षित हुन र संभावित मृत्युलाई रोक्न जिल्लाको यशोधरा गाउपालिकाबाट भ्याक्सिन लगाउने कार्यको थालनी गरिएको  वताउनु भयो । 

 यशोधरा गाउपालिकामा  ३७ हजार ७८३ जनालाई खोप लगाईने छ । सो अवसरमा मन्त्री चौधरीले अभियानलाई सफल बनाउनु पर्ने बताउदै सेवाभावले परिचालित हुन स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भयो । उहाले पालिकाहरुले सरसफाईमा बिशेष ध्यान दिन आग्रह गर्नु भयो । 

 सो अवसरमा गाउपालिका प्रमुख पाण्डेयले आफनो पालिकामा हैजा फैलिएरकोमा दुःख ब्यक्त गर्दै खोप अभियानलाई सफल बनाउने दावि गर्नु भयो । अन्य ४ पालिकाहरु कृष्णगनर, महाराजगंज शिवजराज नगरपालिका र बिजयनगर गाउपालिकामा मंसिर ७ देखि १२ गते सम्म खोप अभियान संचालन हुने स्वास्थ्य कार्यलय प्रमुख पाण्डेयले बताउनु भयो ।

  जिल्लाका ५ पालिकामा खोप लागउनकालागि २ लाख ५२ हजार ३६३ कलोरा खोप आएको स्वास्थय कार्यालकया प्रमुख हेमराज पाण्ेयले जानकारी दिनु भयो । कृष्णनगर नगरपालिकाकालाई ६० हजार ७४३, महाराजंज नगरपालिकालाई ५३ हजार १५६, शिवराज नगरपालिकालाई ६४ हजार ७४८, बिजयनगर गाउपालिकालाई ३५  हजार ९०३ खोप खु्वाईने छ । अभियानमा १ सय ६८ खोपकर्ता, ३ सय ४८ स्वयमसेवक र ५ सय ३५ महिला स्वयमेविका परिचलन हुनेछन । 

कृष्णनगर नगरपालिकाको वार्ड नं. ८ र ९ बाट सुरु भएको झाडापखाला फैलदै शिवराज नगरपालिका, विजयनगर र यशोधरा गाउ“पालिकामा फैलिएको थियो ।  कृष्णनगर र विजयनगरका ९ जनाको दिशामा हैजाको जिवाणु फेला परेको थियो ।  यशोधराका एक जनामा पनि हैंजाको जिवाणु फेला परेको थियो । 

प्रकाशित : ६ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६