खेलकुद

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजले एपीएफलाई हरायो



काठमाण्डौ, ०५ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ ।काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज आइतवार भएको खेलमा ब्रिगेड ब्वाइजले एपीएफ क्लबलाई तीन–दुई गोलले हरायो । बराबरीतर्फ गएको खेलमा इन्ज्युरी समयको दोस्रो मिनेटमा सुरज गुरुङले गोल गरेपछि ब्रिगेड ब्वाइज विजयी भयो ।

ब्रिगेड ब्वाइजका लागि दिनेश राईले दुई गोल गरे । एपीएफका आशिष लामा र विकी तामाङले एकरएक गोल गरे पनि जितका लागि पर्याप्त भएन । आजै बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् । 

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६