प्रदेश

शिद्धार्थ क्याम्पसमा विद्यार्थी संगठनले लगाए ताला ।



कपिलवस्तु, ०५ मंसिर । कपिलवस्तुको शिद्धार्थ क्याम्पस बाणगंगामा संयुक्त विद्यार्थी संगठनले ताला लगाएका छन् । क्याम्पस प्रशासनले विद्यार्थीका माग संम्बोधन नगरेको भन्दै आईतवार ताला लगाए्का हुन् ।

विद्यार्थी संगठनहरुले कार्तिक ७ गते विभिन्न ६ बुदे माग सहितको ज्ञापनपत्र सिद्धार्थ क्याम्पसमा बुझाएका थिए । विद्यार्थीको माग पत्र अनुसार क्याम्पसले क्याम्पस संचालक समिति सहित विभिन्न विद्यार्थी संगठनका नेताहरुको बैठक पनि बसेको थियो । “बैठकमा एक  बुदे लिखित सहमति गर्दै कार्तिक मसान्त भित्र पुनः दोस्रो चरणमा वार्ता बस्ने गरि बैठक सकिएको थियो ।” यद्यपी मंसिर ५ गते लाग्दासम्म पनि लिखित सहमति कार्यन्वयन नभए पछि आज विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा तालबन्दी गरेको अनेरास्ववियूका जिल्ला अध्यक्ष दिपक अनुरागीले बताए ।

विद्यार्थी संगठनका अनुसार क्याम्पसले माग पुरा नगर्दा सम्म क्याम्पसमा ताला लागिरहने छ, अन्यर्था एकलोटि रुपमा कसैले ताला तोडेमा त्यसको जवाफ क्याम्पसले व्यहोर्नु पर्ने उनिहरुले चेतावनि पनि दिएका छन् । क्याम्पसमा अनेरास्ववियू क्रान्तिकारी, अनेरास्ववियू, अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुले ताला बन्दी गरेका हुन । 

यस्ता थिए विद्यार्थीका मागहरुः

१. कोरोना भाइरस (कोभिड १९) अवधिभर अनलाइनको बाहनामा अनाश्वयक रुपमा लिने गरेको चर्को शूल्क तत्काल फिर्ता गरियोस् ।

२. क्याम्पसबाट पाउने छात्रवृत्ती गरिब, जेहन्दार, घाइते, अपाङ्गलाई वितरण नगरि आफनो अनुकुलतामा वितरण गरिएको छ । छात्रवृत्तीको मापदण्ड स्पष्ट गरी वितरण गरियोस् ।

३. क्याम्पस प्रशासनले प्रध्यापक, उप(प्रध्यापक नियुक्त तथा स्थायी गर्दा योग्यता, क्षमताका आधारमा नभई दलगत आधारमा नियुक्त गर्दै आएको छ । यस्तो कार्य तत्काल रोकि, गरेको निर्णय पुनः विचार गरियोस् ।

४. तत्काल क्याम्पससभा बोलाई सबै राजनीतिक दलको सहभागीता हुने गरी क्याम्पस सञ्चालक समिति गठन गरियोस् ।

५. क्याम्पसका प्रध्यापक, उप(प्रध्यापकले राजनीतिक आग्रह, पूर्वाग्रह राखि गरिने व्यवहार तत्काल अन्त्य गरियोस् ।

६. भर्ना, मासिक शुल्क लगायत विभिन्न बहानामा गरिदै आएको चर्को असुली कार्य तत्काल अन्त्य गरियोस् ।

ताला बन्दी पछि विद्यार्थीहरुले यस्तो चेतावनि पत्र समेत लेखे ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६