जीवनशैली

कैलाश आश्रममा गूरुकुल शिक्षाको प्लश टु संचालनार्थ ज्ञानमहायज्ञ आयोजना



कपिलवस्तु, २ मंसिर । कपिलवस्तुको धार्मिक पर्यटकीयस्थल श्री कैलाश आश्रम नन्दनगरमा २७ औं ज्ञानमहायज्ञ लाग्ने भएको छ । यही मंसीर १४ गतेदेखि २२ गतेसम्म ७ दिनसम्म ज्ञानमहायज्ञ लाग्ने यज्ञ आयोजक मूल समितिले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।यज्ञ सम्पादन आयोजन मूल समितिका संयोजक बालाराम ज्ञवालीले पत्रकार सम्मेलन मार्फत समितिले यज्ञ आयोजना भए गरेका कामको बारेमा जानकारी दिनुभएको छ ।

हरेक बर्ष आयोजना हुँदै आएको महायज्ञ अन्तरगत यो बर्षपनि त्यसकैको निरन्तरता स्वरुप ज्ञानमहायज्ञ आयोजना गरिएको संयोजक ज्ञवालीले बताउनुभयो । धर्म संस्कृतिको संरक्षणका साथै १० बर्ष अगाडिबाट सञ्चालन हुँदै आएको यस क्षेत्रकै सबैभन्दा धेरै आवसीय बटुकहरु रहेको मनकामना संस्कृत गुरुकुलको स्तर उन्नति गरी कक्षा ११ र १२ सञ्चालनार्थ र धामको विकास निर्माण हेतुले ज्ञानमहायज्ञ आयोजना गरिएको उहाँको भनाई छ ।

ज्ञानमहायज्ञ अन्तर्गत समितिले दैनिक रुपमा गर्ने कामहरु पनि सार्वजनिक गरेको छ । जस मध्ये उद्घाटनको दिन मंसीर १४ गते विहान ८ बजेदेखि ११ बजेसम्म यज्ञ कलशयात्रा, दिउँसो १ बजे महायज्ञ समुद्घाटन हुने छ । यस्तै अन्य दिनमा दैनिक विहान ११ बजेदेखि ११ बजेसम्म हवनात्मक यज्ञको साथमा महापूजा, विहान ११ बजेदेखि साँझ ५ बजेसम्म संगीतमय झाँकी सहितको वामन पुराण कथा प्रवचन, साँझ ६ बजेदेखि ८ बजेसम्म संगीतमय महाआरती सन्ध्या, कर्मकाण्ड तथा वैदिक कार्यहरु दैनिक दिन र देश तथा विदेशका सन्त विद्धानहरुद्धारा समेत प्रवचन हुने श्री कैलाश आश्रम धामका महासचिव अमित पौडेलले जानकारी दिनुभयो ।

यस्तै ज्ञानमहायज्ञमा ब्रह्मनिष्ठ सन्त शिरोमणी श्री लोकानन्द स्वामीको सत् सान्निध्यता रहने छ भने प्रमुख कथावाचक अन्तर्राष्ट्रिय कथा बाचक आचार्य पण्डीत श्री सत्यराज अवस्थी वृन्दावन भारत रहनुहुने धामका अध्यक्ष कर्ण बहादुर थापाले बताउनुभयो ।पत्रकार सम्मेलनमा बोल्दै वाणगंगा वडा नं. २ का वडाध्यक्ष विष्णु पौडेलले पुणित कार्यले आयोजना गरिएको यज्ञलाई सबै मिलि सफल पार्नुपर्नेमा जोड दिनुभयो ।

नन्दनगरलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने गरी आफुहरु अगाडि बढेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा गुरुकुलमका पदाधिकारी तथा पत्रकरको सहभागिता रहेको थियो ।

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६