खेलकुद

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै



काठमाडौं, ०४ मंसिर। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पा र संकटाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत नगर्ने योजनामा रहेका छन् । हिमालयन शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । संकटाको कप्तानी रबि सिलवालले गर्ने छन् । यस्तै दोस्रो खेलमा ललितपुरका दुई क्लब थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र च्यासलबीचको ललितपुर डर्बी भिडन्त ४ः४५ बजे सुरु हुनेछ ।

उपाधि दाबेदार थ्री स्टार र च्यासल पहिलो खेलमा जित निकाल्दै सिजनको सुरुआत सुखद बनाउन चाहन्छ । त्यसैले दुई छिमेकी प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । थ्री स्टारमा मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले लिगमा टिमको लक्ष्य उपाधि रहेको बताएका छन् । च्यासलका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले टिमको लक्ष्य शीर्ष चार रहेको बताएका छन् ।

थ्री स्टार बिक्रम लामाको कप्तानीमा मैदान उत्रने छ । यस्तै च्यासलको कप्तानी अनुभवी खेलाडी बिराज महर्जनले गर्ने छन् ।लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् । लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६