खेलकुद

राखेपको सदस्य–सचिवका लागि दरखास्त आह्वान



काठमाण्डौ, ०४ मंसिर ।  राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य–सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले सार्वजनिक सूचना निकालेर राखेप सदस्य–सचिवका लागि दरखास्त आह्वान गरेको हो । खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (२) अनुसार योग्यता पुगेका र अनुभव प्राप्त इच्छुक व्यक्तिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) अनुसार गठित सदस्य–सचिव सिफारिस समितिले राखेपको सदस्य–सचिव छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ । सरकारले गएको कार्तिक एक गते राखेपका सदस्य–सचिव रमेश सिलवाललाई बर्खास्त गरेको थियो।

सिलवाल २०७६ असारमा पहिलो पटक राखेप सदस्य–सचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साउनमा पुनः नियुक्त गरेको थियो।

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६