खेलकुद

आज भएको शहीद स्मारक ए डिभिजन लिगमा सातदोबाटो र फ्रेन्ड्सले अङ्क बाँडे ।



काठमाण्डौ, ०३ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको छ ।  आज शुक्रवार भएको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेपछि एक–एक अङ्क बाँडिएको छ । 

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो तर गोल भने गर्न सकेन । फ्रेन्ड्स क्लब १० खेलाडीमा समेटिए पनि सातदोबाटोले फाइदा उठाउन सकेन । 

लिगमा भोलि शनिवार दुई खेल हुँदैछन् । पहिलो खेलमा हिमालयन शेर्पा र सङ्कटा क्लब दिउँसो १ बजे खेल्नेछन् भने दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री–स्टार क्लब बेलुकी पौने ५ बजे खेल्नेछन् । दुवै खेल दशरथ रगङ्शालामा हुनेछ । 

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६