अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय बालअधिकार दिवस, कोरोनाले अभिभावक गुमाएका बालबालिकाको व्यवस्थापन सुरु ।



काठमाण्डौ, ०४ मंसिर । आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस नेपाल पनि विविध कार्यक्रम गरी मनाइँदैछ । विश्वभर बालबालिकाको उत्थान र जीवनशैलीमा सुधारका लागि हरेक वर्ष नोभेम्बर २० तारिखमा यो दिवस मनाउने गरिन्छ । ‘बाल्यकालको कल्पना गरी हरेक बच्चाको लागि महामारीपछिको राम्रो संसार’ भन्ने नाराका साथ यसवर्ष बालअधिकार दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा हिजो बेलुका काठमाण्डौको रानीपोखरीमा निलो बत्ती बालिएको थियो । स्वास्थ्य मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा विभिन्न सङ्घसंस्थाको आयोजनामा निलो बत्ती बालिएको हो ।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा राष्ट्रिय बालअधिकार परिषद्ले नेपालमा बाल अधिकारको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ । परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले सबै पालिकामा स्वयमसेवी समूह परिचालन गरी कोभिडका कारण अभिभावक गुमाएका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको बताउनुभयो ।

परिषद्ले कोरोनाका कारण अभिभावक गुमाएका एक सय ६९ बालबालिकाको व्यवस्थापन सुरु गरेको छ । यी बालबालिकाको सरकारले अभिभावकत्व ग्रहण गर्ने नीतिअनुसार खोजी गरेको पनि उहाँले बताउनुभयो। नेपालबाट हराएका कतिपय बालबालिकाका विदेशमा समेत भेटिएका छन् ।

बाल हेल्पलाइन सेवा र बालबालिका खोजतलास सेवाको विस्तार गरी राष्ट्रिय बाल संरक्षण प्रणाली मजबुत बनाउन जरुरी रहेको परिषद्ले जनाएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार स्थानीय बाल अधिकार समिति गठन आवश्यक भएको र पालिकालाई बजेट छुट्याउन समेत उहाँले आग्रह गर्नुभएको छ। 

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६