अन्तर्राष्ट्रिय

भारतीय कम्पनी अग्नी ग्रुपको मैनावगरमा ठूलो लगानीमा अटोल्याण्ड शुभारम्भ



बुटवल ३  मंसिर ।भारतीय कम्पनी अग्नी ग्रुपको मैनावगरमा ठूलो लगानीमा अटोल्याण्ड  शुभारम्भ  भएको छ ।  नेपालकै नमूना अटो भिलेज,बुटवल–२ मैनाबगरमा मैनाबगर अटो ल्याण्ड प्रा.लि.को शुभारम्भ भएको छ । बुटवलका ४ जना मिलेर करिब ८ करोड लागतमा सञ्चालनमा आएको उक्त अटो ल्याण्डको बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री, श्रम तथा यातायात मन्त्री, भारतीय सवारी निर्माण कम्पनी अग्नी गु्रपका कार्यकारी निर्देशक लगाएतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अटोका क्षेत्रमा लुम्बिनी प्रदेश अगाडि रहेको बताउँदै व्यवस्थापन र प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । उनले स्वदेशमै रोजगार सिर्जना गर्ने अटो क्षेत्रको विकासका लागि प्रदेश सरकारले बनाउनु पर्ने योजना र गर्नुपर्ने भूमिकाका लागि सहकार्य गर्न आवश्यक रहेको उल्लेख गर्दै अटो व्यवसायीका हितमा काम गर्ने जनाए ।

त्यसैगरी श्रम तथा यातायात मन्त्री पुर्मती ढेँगाले यातायात क्षेत्रमा विकास र वृद्धि भएको बताउँदै व्यवस्थित बनाउन विभिन्न पहल भएको जानकारी गराइन् । सञ्चालित उक्त अटो ल्याण्डमा ८ करोड लगानी र ४० जना भन्दा बढी रोजगाररत रहेको अध्यक्ष समेत रहेका सञ्चालक सुदन ज्ञवालीले बताए ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६