खेलकुद

सहिद स्मारक ‘ए’ डिभिजन लिग आजदेखि सुरु हुने



काठमाण्डौ, ०३ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा ललितपुरका दुई टोली सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।

खेल बेलुका पौने पाँच बजेदेखि सुरु हुनेछ । लिग फुटबलको इतिहासमा फ्लडलाइटमा पहिलो पटक खेल हुन लागेको हो । सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो । डिभिजन ‘बी’ को उपाधि विजेता सातदोबाटो यसै वर्ष शीर्ष लिगमा बढुवा भएको हो ।

फ्रेन्ड्स क्लबले ‘ए’ डिभिजन लिग खेले पनि उपाधि जित्न भने सकेको छैन । आजदेखि सुरु हुने लिगमा १४ टोलीको सहभागी हुनेछन् । यसपटक सातदोबाटो, फ्रेन्ड्स क्लबसहित जावलाखेल, पुलिस, त्रिभुवन आर्मी, एनआरटी, एपीएफ, मछिन्द्र, बिग्रेड, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, च्यासल, सङ्कटा र हिमालयन शेर्पाले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको पुछारका दुई टोली रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् । अघिल्लो पटक लिगको उपाधि मछिन्द्र क्लबले जितेको थियो । लिग विजेताले ७५ लाख तथा उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६