जीवनशैली

चिच्चाएर वर माग्ने पाल्पाको सत्यवती मन्दिरमा दर्शनार्थीको भीड ।


२ मंसिर २०७८, बिहिबार


पाल्पा, ०२ मंसिर । चिच्चाएर वर माग्ने पाल्पाको सत्यवती मेला सुरु भएको छ । धार्मिक पर्यटकीय स्थल पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती ताल क्षेत्रमा वर्षेनि लाग्दै आएको ऐतिहासिक तथा धार्मिक महत्वको मेलामा एकै दिन १० हजार बढीले अवलोकन गरेको मेला ब्यवस्थापन समितिले जनाएको छ ।

हरेक वर्ष कार्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने सत्यवती ताल क्षेत्रमा सोमबारदेखि नै दर्शनार्थीको भिड सुरु भएको तिनाउ–४ का अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए । यो वर्ष मंसिर १, २ र ३ गते वर माग्ने जोग परेकोले सत्यवती मन्दिरमा सोमबारदेखि नै भिड लागेको जनाइएको छ ।

दर्शनार्थीहरुको सहजताका लागि यो वर्ष पहिलो पटक निजी सवारीसाधनलाई समेत प्रवेश खुला गरिएको वडा अध्यक्ष गाहाले बताए । सवारीसाधन खुला गरिएसँगै दर्शनार्थीहरु आफ्नो निजी सवारीमा मन्दिर दर्शनका लागि जान सक्नेछन् । सत्यवती देवी बजै ले कानले नसुन्ने भएकाले चिच्याएर एउटा मात्र वर माग्नुपर्ने जनविश्वास रहेको छ ।

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक बाणगंगा न.पा. ४, जितपुर, कपिलवस्तु
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

प्रेसपाटी हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल